सियोल- दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।
गत मंगलबार आफ्नो अल्पकालीन मार्शल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाइ बिदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्शल ल लागु गरे पनि त्यहाँको संसदले कम्तिमा ३ घन्टामा खारेज गरिदिएको थियो ।
सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाइ यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पीपीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए।
यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ र फ्लोर नेता पार्क चान डेले यसलाई ‘गैरकानूनी, असंवैधानिक, देशद्रोह र दोस्रो कू’ भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
युनको अल्पकालीन ‘मार्शल ल अर्डर’ पछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन्, उनीहरूको माग छ, उनलाई राजीनामा गर्न वा महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ ।
त्यसयता महाभियोग प्रस्ताव असफल भए पनि मार्शल ल अर्डरमा संलग्न धेरै प्रमुख व्यक्तित्वहरू पनि उनीहरूविरुद्ध कारबाही भएको देखिएको छैन् । जसको अहिले कोरियाली जनताले कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend