Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काभ्रेबाट आधा किलो सुनसहित २ जना पक्राउ


    सोमबार, मंसिर २४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले काभ्रेबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका–१३ साँगाचोकबाट रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई उक्त परिणामको सुनसहित पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार