काबुल – सिरियाको राजधानी दमास्कस बिद्रोहीले कब्जामा लिए पछि अफगानिस्तानका तालिवान भने खुसी देखिएका छन् ।
सिरियाली विद्रोहीहरूले दुइ हप्ता लामो संघर्ष पछि आज अचानक दमास्कस कब्जा गरे पछि राष्ट्रपति बसर अल असद भने जहाजवाट अज्ञात स्थलतर्फ भागे पछि तालिवानीहरू खुसी भएका हुन् ।
अफगानिस्तानको सिरियासँग कही कतै पनि सिमाना छैन र भौगोलिक रूपमा टाढा पनि छ, यद्यपि तालिबानहरूको सिरियाली विद्रोही सेना प्रति भने निकै महत्वपूर्ण समर्थन र सहानुभूति कायम रहेको छ।
सिरियामा भइरहेका घटनाक्रमका बारेमा तालिबान सरकारबाट औपचारिक बयान आउन बाँकी छ । तालिबानका यस वरिष्ठ अधिकारीका अनुसार तालिबानले तालिबान सरकारले जस्तै विद्रोही समूहहरूले सिरियामा शरिया कानून लागू गर्ने आशा राखेका छन्।
उता, दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना भने क्याम्पमा फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरे पछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् । सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend