Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य


    आइतबार, मंसिर २३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो ।

    चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र दुई छक्का मद्दतमा ३६ रन योगदान गरे ।

    विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलोपटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए । अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले एकरएक विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार