Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशको सिफारिसमा परेका तिमल्सिनाद्वारा पद अस्वीकार


    सोमबार, पुष ६ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि अध्यादेश ल्याएर संवैधानिक परिषदबाट समावेशी आयोगको सदस्यमा नियुक्ति सिफारिस गरिएका रामकृष्ण तिमल्सेनाले अस्वीकार गरेका छन् । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा सिफारिस भएका थिए । उनलाई राणाले यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञमा नियुक्ति गरेका थिए । राणाको कोटामा उनी आयोगमा सिफारिस भए पनि उनले उक्त पद अस्वीकार गरेका छन् । तिमल्सेना नेशनल ल कलेजका प्रिन्सिपल हुन् ।

    तिमल्सेनाले पद अस्वीकार गर्दै लेखेका छन्, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । उक्त पदमा जाने मेरो रहर पनि छैन,’ उनले लेखेका छन्, ‘सबै साथीभाइको जानकारीका लागि यतिसम्म भन्न पर्ने स्थिति आयो । मलाई सिफारिस गर्ने परिषद्प्रति म क्षमाप्रार्थी छु ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार