Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, मंसिर २३ २०८१
    8.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिल दिन आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ४ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको थियो। अघिल्लो साता सुनको भाउ दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

    आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार ८ सय ९० रुपैयाँ थियो।

    गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सार दर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार