काठमाडौं । ऋणीहरुसँग मिलमतो गरी बैंकलाई नोक्सानी पुर्याएको आरोपमा महालक्ष्मी विकास बैंकका ३ शाखा प्रबन्धक पक्राउ परेका छन् । कुमारीपाटी शाखाका तीनै जना प्रबन्धकले बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुर्गाएको देखिएपछि उनीहरुलाई आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले जनाएको छ । शाखा प्रबन्धकसहित ऋणीलाई समेत सीआइबीले पक्राउ गरेको छ । सीआईबीले ऋणीहरु पूर्ण राई सहित देवानन्द राई र सन्दिप लिम्बु लिम्बुलाई पक्राउ गरेको छ ।
सीआइबीकोा टोलीले महालक्ष्मी बैंकको कुमारीपाटी शाखा कार्यालयमा विभिन्न समयमा कार्यरत रहेका शाखा प्रवन्धकहरु स्मृति राना, पिंकु पालिखे र अनिससिंह सिजापतीलाई पक्राउ गरेको हो ।
तीनै जना शाखा प्रवन्धकले पक्राउ परेका ऋणी पूर्ण राई समेतका बिभिन्न ऋणीहरुसँगको मिलोमतोमा कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरी बढी ऋण दिएको खुलेपछि सीआईबीले अनुसन्धान गरी पक्राउ गरेको हो ।
महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा कम तौलको सुनलाई बढी तौलको देखाई ऋण दिने कार्यमा सीआईबीले शाखाका ३ प्रबन्धक पक्राउ गरेको छ। । तर बैंकका शाखा प्रबन्धकको मात्रै योजनामा साढे ७ करोड रुपैयाँको चलखेल हुने कुरा विकास बैंक बुझेकाहरु मान्न तयार छैनन् । बैंकका सीईओसमेतको मिलेमतो नभई कम तौलको सुनलाई बढी देखाएर शाखा प्रबन्धकले मात्रै साढे ७ करोड अपचलन गर्न संभव हुँदैन, एक विकास बैंकका शाखा प्रबन्धक भन्छन्, सीईओको जानकारीविना शाखाका प्रबन्धकले मात्रै करोडौंको सुन धितोमा गडबड गर्न सक्दैन ।