काठमाडौं । राष्ट्रिय युवा संघ नपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयको समर्थनमा आज साँझ अनामनगरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । आफ्नै पार्टीको सरकारलाई काम गर्न नदिई प्रतिपक्षि भन्दा तल गिरेर सरकारलाई सहयोग नगरेपछि ताजा जनादेशको निम्ति संसद् बिघटनको निर्णय स्वागतयोग्य रहेको भन्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यद्धय विपिन ढकाल र सुजन राईको नेतृत्वमा प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
दीप प्रज्वलन कार्यक्रम बोल्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यद्धयले अब भ्रस्ट्रचारीलाई कारवाही हुनु पर्ने ललिता निवास काण्डमा माधव नेपालमाथि छानविन हुनु पर्ने क्यानटनमेन्टमा भएको अनियमिताको छानविन हुनु पर्ने भन्दै अहिले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताउनु भयो ।
