Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै चरणमा निर्वाचन गराउन आयोगको सुझाव


    आइतबार, पुष ५ २०७७
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार बालुवाटार भएकाे छलफलमा निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गर्न सुझाव दिएको हाे ।

    संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका अधिकारीसँग छलफल गरेका थिए ।

    त्यस क्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी गराएका थिए ।

    आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने राय दिएका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार