Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएलमा पोखराको पहिलो जित, लुम्बिनी १० विकेटले पराजित


    शुक्रबार, मंसिर २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । आन्द्रेस गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले आज (शुक्रबार)को दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

    गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो । पोखरा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । यो सहित पोखराले जितमा विभिन्न कीर्तिमान बनायो ।

    जसमा गौसको पहिलो शतक समेत रह्यो । एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार