Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमानस्थलबाट पक्राउ परेका सहकारी ठगीका आरोपी गुरुङलाई पोखरा लगियो


    शुक्रबार, मंसिर २१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सूर्यदर्शन सहकारी ठगीको आरोपमा फरार रहेका अभियुक्त कृष्ण गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। प्रहरीको खोजी सूचीमा रहेका सहकारी सदस्य गुरुङलाई आज त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

    गुरुङ आज लन्डन उड्न लागेका थिए । उनलाई पोखरा लगिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए। ‘उहाँलाई पोखरा ल्याइसकिएको छ। अहिले जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ’, डीएसपी शर्माले भने। गुरुङविरुद्ध प्रहरीले यसअघि नै पक्राउ अनुमति लिइसकेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार