Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीले गरे चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल


    आइतबार, पुष ५ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो ।

    बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख गणेश अधिकारी सहभागी छन् ।

    सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए । छलफलका क्रममा ओलीले आवश्यक निर्देशनसमेत दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार