Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णाली याक्सको पहिलो जीत


    शुक्रबार, मंसिर २१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कर्णाली याक्सले तेस्रो खेल पछि पहिलो जीत हासिल गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल) यसअघिका दुई खेलमा पराजित हुन परेको कर्णालीले तेस्रो खेलमा जीत हासिल गरेको हो ।

    आजको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गर्दै कर्णलीले पहिलो जीत हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको हो ।

    कर्णाली याक्सका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडेका थिए, उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका कारण पनि उसलाइ जीतमा सहज हुन पुगेको हो । यसअघि भारतका चर्चित खेलाडी शिखर धवनले सर्वाधिक ७२ रन जोडे पनि जीत हासिल गर्न सकेका थिएन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार