Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, मंसिर २१ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको भाउ घटेको छ । यसअघि दुईदिन लगातार बढेको सुनको भाउ आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार ७ सय रुपैयाँ थियो। अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

    आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठसय ८० रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार