Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाले भने-राष्ट्रपति भण्डारीबाटै गणतन्त्र र संविधानमाथि खतरा बढ्याे


    आइतबार, पुष ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा बढेकाे बताएका छन् ।

    संसद् विघटनपछि नयाँ बानेश्वरमा भएकाे कार्यक्रममा नेता थापाले राष्ट्रपति भण्डारी संविधानमै नभएको व्यवस्थाअनुसार संसद् विघटन गर्ने राष्ट्रपति आफ्नो राष्ट्रपति हुन नसक्ने बताए ।

    उनले राष्ट्रपति भण्डारीबाटै संघीय लोकतानित्रक गणतन्त्र र संविधानमाथि खतरा रहेको नेता थापकाे आराेप थियाे । साथै उनले संविधानविरुद्ध अपराध गर्नेहरुलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् ।

    “राष्ट्रपति विद्यादेवी भण्डारीले यही संसद्‌को शपथ खानुभएको होइन । आजबाट उहाँ तपाईं र मेरो राष्ट्रपति होइन, केपी ओली ग्याङको सदस्य मात्र हो,” उनले भने । संविधानको शपथ खाएर संविधानविरुद्धको अपराधमा भण्डारी संलग्न भएको पनि उनको आरोप थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार