Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीकाे निर्णय


    आइतबार, पुष ५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । साथै बैकठले सरकारको संसद विघटनको भर्त्सना गरेको छ ।

    सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुपनि असंवैधानिक भएको निष्कर्ष बैठकले गरेको छ । श्रेष्ठका अनुसार नेकपाले कानुनी उपचार खोज्ने भएको छ ।

    बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । यस्तै, मंसिर ७ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार