Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत


    बिहिबार, मंसिर २० २०८१
    775
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।

    पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (पीपीपी) पाँच सांसदले महाभियोगको भोटमा आफूहरू ‘अनिर्णय नभएको’ बताएका हुन् ।

    सत्तारूढ दलका पाँच सांसदले अलग प्रेस सम्मेलन गरेपछि राष्ट्रपति युन सुक येओललाई समस्यामा पर्नसक्ने अड्कलबाजी सुरू भएको छ ।

    मंगलबार साँझ अप्रत्याशित रूपमा राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतक संकट थप बढेको छ । उनले मार्शल ल लगाएको दुइ घन्टाभित्र त्यहाँको संसदले १९०–० मतको आधारमा सोझै खारेज गरिदिएको थियो । जसका कारण उनी आफ्नो निर्णयवाट पछि हटन बाध्य भएका थिए ।

    राष्ट्रपति युनको सो कदम पछि संसदमा रहेका ६ बिपक्षी दलले राष्ट्रपति युनलाइ महाअभियोग लगाउने भन्दै संसदमा प्रस्ताव दर्ता गरेका छन, जसका लागि शनिवार मतदान हुदैँछ । जसका लागि बिपक्षीलाइ जम्मा ८ मतको मात्रै आवाश्यक परेको छ ।

    यही बेला सत्तारूढ दलका ५ सांसदहरू किम जे सब, किम साङ वुक, किम सो ही, किम ये जी र वू जे जुनले युनलाई मंगलबार राती मार्शल ल घोषणा गर्ने उनको निर्णयको लागि राष्ट्रिय माफी माग्न आह्वान गरेका छन्। उनीहरूले माफी नमागे अप्रिय निर्णय लिने पनि पत्रकारसम्मेलनमार्फत जानकारी दिएका छन् ।

    तर अझ महत्त्वपूर्ण कुरा, उनीहरूले बुधबार विपक्षीले पेस गरेको महाभियोग प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय नभएको बताएका छन्।

    महाभियोग प्रस्ताव पारित हुन २ सय मत चाहिन्छ। विपक्षीसँग १९२ सिट छ र प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ मध्ये कम्तीमा आठ सांसदको आवश्यकता पर्छ ।

    पीपीपीका पार्टी प्रमुख हान डोङ(हुनले यसअघि महाभियोग प्रस्तावलाई पार्टीले अवरुद्ध गर्ने बताएका थिए तर यी पाँच सांसदले पार्टी लाइन तोडे भने विपक्षी नेताहरूले थप मनाउने आशा राखेका छन् ।

    सांसदहरुले जे निर्णय गरे पनि मिलेर भोट हाल्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार