काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पशुपन्छी बजार प्रवर्द्धधन निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्याई हचुवाको भरमा रकम दिएको भन्दै डा।बलराम थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा।पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल र पोलीटेक्निक इन्स्टिच्युट प्रालीका अध्यक्ष लोकबहादुर बोहोरा, व्यवस्थापक सुरतबहादुर भुल र पुष्कर भण्डारीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
उनीहरु सातै जनाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगो सहित जरिवाना सहितको सजायको माग गर्दै मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष ०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तरगत उक्त प्रालीसँग भएको सम्झौतामा २०७४ जेठ १५ सम्म काम सम्पन्न गर्नेगरी अनुदान रकम भुक्तानी लिने उल्लेख थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend