Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएल- सुदूरपश्चिमसँग काठमान्डौं ७३ रनले पराजित


    बिहिबार, मंसिर २० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ।

    नरेन साउदको घातक बलिङमा काठमान्डु गुर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको हो।

    योसँगै बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिमसँग काठमान्डु ७३ रनले पराजित भयो। जारी एनपीएलमा सुदूरको यो दोस्रो जित हो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो।

    काठमान्डुले भने एनपीएलको तीन खेलमा दुई हार भोगेको छ। काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार