Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ८८ पुग्यो


    आइतबार, पुष ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १२ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ५ सय ८८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार