Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एनपीएलमा जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित


    बिहिबार, मंसिर २० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ।

    आज (बिहीबार) भएका पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो। एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

    जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो। पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो।

    पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको थियो।

    आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार