Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनपीएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ


    बिहिबार, मंसिर २० २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएलमा) सट्टेबाजी खेलाएको आरोपमा थप ३ जना पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कीर्तीपुर मैदानबाट आज बिहिबार तीन जनालाई नियन्त्रणमा लिएको हो ।

    यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

    एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले कीर्तीपुर खेलमैदानमा एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

    उनीहरुले स्पोर्ट बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार