Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा २३८ संक्रमित थपिए


    आइतबार, पुष ५ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं १०० महिला र १३८ पुरुष गरी २३८  जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७९ , ललितपुरमा ३३ र भक्तपुरमा २६ जनालाई  कोरोना संक्रमण देखिएको छ।  त्यसैगरी, आज काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९४ हजार ७४ जना संक्रमित भएका छन्, जसमध्ये ४५४ जनाको मृत्यु भएको छ। हालसम्म ९० हजार ७९  जना निको भएका छन्।

    ललितपुरमा १४ हजार ७९४ जना संक्रमित भएका छन्। जसमा १४२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार २८ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ६४३ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार २९८ जना निको भएका छन्।
    आज काठमाडौंमा ३ हजार ५४१  ललितपुरमा ६२४ र भक्तपुरमा २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार