काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्सामु पोखरा एभेन्जर्सले १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको हो।
नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे।
माइकल लिस्कले २५ रन थपे। १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए। पाचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो।
पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए। छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे। रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए।
दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे। कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend