Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थपिए ५ सय ८८ कोरोना संक्रमित


    आइतबार, पुष ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ। 

    आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्। 

    पछिल्लो २४ घण्टामा १ हजार ९७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार