Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी


    बुधबार, मंसिर १९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको हो ।

    ‘हामीले पक्राउ अनुमति मागेकोमा आज अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने ।

    लामिछानेसहित जोशी र खनाल हिरासतमा छन्। लामिछानेसँग चितवन जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ ।

    पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन् । उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ । उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ । सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबी, छवि, रवि र कुमार रम्तेल हुन् ।

    जिबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिएको छ। अब उनीहरूलाई पर्सा लगिने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार