काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।
गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।
आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने जनाइएको छ ।
हिजो चीनिया राष्ट्रपति सि जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (चिनिया संसद)का अध्यक्षसँग भेटबार्ता गरेका थिए । समकक्षी लि छ्याङसँग भएको औपचारिक बार्तामा ९ बुदेँ समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको थियो भने चिनिया राष्ट्रपति सि जिनपिङसँग भएको बार्तामा नेपाललाई ५०० मिलियन युआन अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने उनले घोषणा गरेका थिए ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन पुगेका हुन् । भ्रमणको चौथो दिन अर्थात बिहीबार बिहानै बेइजिङबाट ओली काठमाडौंका लागि उड्ने छन् ।
उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend