Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमाओवादी खेमाका ५ मन्त्रीद्वारा राजीनामा दिने तयारी


    आइतबार, पुष ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    स्राेतका अनुसार संसद विघटनको सिफारिसको विरोध गर्दै पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेका हुन् ।

    उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

    ‘संसद विघटन गर्ने भएपछि मन्त्रिपरिषदमा के बस्ने भनेर हामीले नै भनेका हौं’ एक मन्त्रीले भने, ‘स्थायी कमिटी बैठक बस्दैछ । त्यसपछि एउटा निर्णयमा पुग्छौं ।’ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।

    यसैबीच प्रचण्ड-नेपाल समूहका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार