Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एनपीएल- चितवन राइनोजसँग पोखरा एभेन्जर्स ८७ रनले पराजित


    मंगलबार, मंसिर १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा पराजित भएको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो ।

    चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो । पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु पर्यो ।

    कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्यमा बाहिरएपछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट हुनु परेको थियो ।

    उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए ।

    टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार