Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा स‌ंविधानको अपहरण : जनार्दन शर्मा


    आइतबार, पुष ५ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटनको प्रस्ताव गरेकोमा प्रतिक्रिया दिँदै शर्माले प्रधानमन्त्री ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण भएको बताएका हुन् ।

    शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔँ।’

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि आइतबार बिहान सिफारिस गर्ने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार