Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य


    मंगलबार, मंसिर १८ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

    टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।

    ३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

    लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार