Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थायी कमिटी बैठक अगाडि नै मन्त्रिपरिषदको आकस्मिक बैठक


    आइतबार, पुष ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ४५ मिनेटभित्र बैठकमा उपस्थित हुन भनिएकाे स्राेतले बतायाे ।

    प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा मन्त्रीहरुलाईसमेत थाहा नदिइ संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै अध्यादेश जारी गरेकी थिइन् ।

    तर बुधबार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशनका आह्वानका लागि समावेदन दिन शीतल निवास पुर्याइएको ८३ सांसदको हस्ताक्षर पनि फिर्ता ल्याउने निर्णय गरेको थियो ।

    नेकपा स्थायी कमिटीको बैठक आज दिउँसाे बस्दैछ । आजको स्थायी समिति बैठक निर्णायक हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार