काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । आजको स्थायी समिति बैठक निर्णायक हुने अनुमान गरिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली जाने नजाने एकीन छैन । यद्यपि उनले बैठकबाहिरबाटै सहमति खोज्न चाहेका छन् । त्यसकै लागि उनी शनिबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा गएका थिए । तर खुमलटारमा प्रचण्डसँग सहमति हुन नसकेपछि बैठकमा नजाने संभावना बढेको छ । आजको स्थायी समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिएको छ ।
ओली अनुपस्थित भए बैठक अगाडि बढाउने कि नबढाउने भन्ने बिषयमा प्रचण्ड र माधव नेपाल पक्षले पनि निर्णय गर्नसकेको छैन । ओलीले शीर्षतहमा सहमति खोजेर मात्र स्थायी समिति बैठक राख्नुपर्ने अडान राख्दैआएका छन् ।