Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैतडीको मनौलीमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु


    आइतबार, पुष ५ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोछ । जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

    सुदुरपश्चिम प्रदेश  ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते छन् । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    जीर्ण र कच्ची सडकमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । 
    दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते छन् । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीर्ण र कच्ची सडकमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार