ढाका – बंगलादेशको चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ । समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो ।
इस्कॉन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रबार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन । तर, बंगलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन । जसका कारण अन्योलको अवस्था छ ।
अर्कोतर्फ, ढाका उच्च अदालतले इस्कॉनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बंगलादेशमा कट्टरपन्थी समूहहरूले शुक्रबार ठूलो हंगामा मच्चाएका थिए । गत शुक्रबारको नमाजपछि लाखौं मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए।
राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले इस्कॉनलाई ‘हिन्दू चरमपन्थी संगठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूह भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन्।
यी र्यालीहरूमा कट्टरपन्थी संगठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक संगठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए।
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend