ढाका – बंगलादेशको चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ । समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो ।
इस्कॉन कोलकाताका उपाध्यक्ष र प्रवक्ता राधारमण दासले शुक्रबार श्याम प्रभुको गिरफ्तारीको बारेमा जानकारी दिएका छन । तर, बंगलादेशी मिडियामा यसबारे कुनै समाचार आएको छैन । जसका कारण अन्योलको अवस्था छ ।
अर्कोतर्फ, ढाका उच्च अदालतले इस्कॉनलाई प्रतिबन्ध लगाउन अस्वीकार गरेपछि बंगलादेशमा कट्टरपन्थी समूहहरूले शुक्रबार ठूलो हंगामा मच्चाएका थिए । गत शुक्रबारको नमाजपछि लाखौं मुस्लिमहरूले देशभरका मस्जिदहरूमा प्रदर्शन गरेका थिए।
राजधानी ढाका र चटगाउँमा सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले इस्कॉनलाई ‘हिन्दू चरमपन्थी संगठन’ र ‘कट्टरपन्थी र राष्ट्र विरोधी समूह भनेका छन् र संस्थामाथि तत्काल प्रतिबन्ध लगाउन मागसमेत गरेका छन्।
यी र्यालीहरूमा कट्टरपन्थी संगठन हेफाजत ए इस्लाम, खिलाफत मजलिस र इस्लामिक आन्दोलनलगायत धेरै धार्मिक संगठनहरू र राजनीतिक दलहरूले भाग लिएका थिए।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend