Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सद्भाव युवा समाज र बूढानिलकष्ठ युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


    शनिबार, पुष ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । श्री सद्भाव युवा समाज कतार नेपाल र बूढानिलकष्ठ युवा क्लवको आयोजनामा काठमाडौंको बूढानिलकष्ठ मन्दिर प्राङगढमा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।

    रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै सद्भाव युवा समाजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा पहिलो पल्ट रक्तदान गर्ने सन्तोस गुरुङ देखि  ५९ पल्ट रक्तदान गर्ने सुदिप खड्का समेत हुनुहुन्थ्यो ।  

    रक्तदान कार्यक्रममा बूढानिलकष्ठ युवा क्लवका अध्यक्ष गणेश कुँवरले बैदेशिक रोजगारीको लागि खाडी मूलुकमा बसेर पनि समाज सेवामा लाग्ने सदभाव युवा समाज कतार नेपालसँग सहकार्य गरेर कोभिड १९ को त्रासमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु भयो । आगामी दिनमा पनि सद्भाव युवा समाजसँग मिलेर यस्तै सामाजिक काम गर्न बूढानिलकष्ठ युवा क्लव तयार रहेको पनि बताउनु भएकोछ ।

    रक्तदान कार्यक्रममा बोल्दै सद्भाव युवा समाज कतारका निर्वतमान अध्यक्ष सन्तोस गुरुङले सद्भाव युवा समाजले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गराउदै विदेशमा बसेर आफ्नो आयबाट केही रकम छुट्याएर यसरी समाज सेवामा योगदान दिने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

    सद्भाव युवा समाज नेपालका अध्यक्ष देव प्रकाश श्रेष्ठले संस्थाको भावी योजनाका बारेमा प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलार्ई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।कार्यक्रममा सनातन धर्म सेवा समाज बूढानिलकष्ठका अध्यक्ष बिकास तामाङ र बूढानिलकष्ठका प्रहरी वृतका प्रतिनिधिको उपस्थिति थियो ।

    sadbhab 6.jpg

    sadbha 1.jpg

    sadbhab 5.jpg

    raktdan 3.jpg

    sadbhab 11.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार