Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार


    शनिबार, मंसिर १५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

    आज शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल उद्घाटन गर्दै आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो।

    जसअनुसार विजेताले १ करोड १० लाख पाउनेछ भने उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ। यस्तै तेस्रो हुनेलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ।

    अहिले उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्स भिडिरहेका छन्।

    एनपीएलमा जनकपुर र विराटनगरसँगै पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज्, लुम्बिनी लायन्स र कर्णाली याक्स गरी ८ फ्रेन्चाइज टोली सहभागी छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार