Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषधसहित २ जना पक्राउ


    शनिबार, पुष ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीमा लागुऔषधसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका–८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

    त्यस्तै कैलालीको टीकापुर नगरपालिका–७ सोनाहा फाँटाबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोनाहा फाँटास्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा गौरीगङ्गा नगरपालिका–९ भैसासुरका बिवस बमलाई छ ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

    निज बमलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाइएको छ  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार