Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिवाहको विषयमा विवाद हुँदा धनुषामा प्रेमीले गरे प्रेमिकाको हत्या


    शनिबार, मंसिर १५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम – धनुषामा एक प्रेमीले आफ्रनै प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको बिवाह गर्ने विषयमा विवाद हुँदा हत्या भएको हो ।

    रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बज फेला परेको थियो ।

    उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए । डिएसपी सिंहका अनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् । चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार