Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रामेछाप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत, एकको परिचय खुलेन


    शुक्रबार, मंसिर १४ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ।

    काठमाडौंबाट रस्नालुतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएकी कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षीय हिरा बहादुर कार्की छन्। कविता र स्वस्तिका आमा छोरी हुन् ।

    एक महिलाको पहिचान अझैँ खुल्न सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार