Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ प्रतितोला एक हजार ६ सय रुपैयाँले बढ्यो


    शुक्रबार, मंसिर १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार