Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलेजमै पुगेर ट्राफिक प्रहरीले लियाे ३४ विद्यार्थीकाे बाइक र स्कुटर


    शनिबार, पुष ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । दाङमा बिना लाइसेन्स कलेजमा बाइक लिएर जाने ३४ जना विद्यार्थीको मोटरसाइकिल र स्कुटर नियन्त्रणमा लिएर प्रहरीले अभिभाबवकको जिम्मा लगाएको छ ।

    जिल्लामा बढ्दो धेरैजसो सवारी दुर्घटनामा कलेज पढ्ने युवा विद्यार्थीहरुले ज्यान गुमाउन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न कलेजमा पुगेर बिना लाइसेन्स चलाउने विद्यार्थीका बाइक नियन्त्रणमा लिन सुरु गरेको हो । सवारी दुर्घटना न्यूनिकणका लागी विद्यार्थी र अभिभावकसँग प्रहरीले मंसिर ३० गते देखि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।     

    गत हप्ता मात्र सवारी दुर्घटनामा ३ जना विद्यार्थीहरुको मृत्यु समेत भएको हुँदा यस्ता प्रकारका सवारी दुर्घटनाहरु न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । प्रहरीले पहिलो चरणमा अभियानसम्बन्धी सञ्चार माध्यमबाट जानकारी दिनुका साथै विद्यालय तथा कलेजहरुमा पुगी सवारी चालक अनुमति पत्र नलिइ सवारी साधन नचलाउन विद्यार्थीहरुलाई अनुरोधसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको एसपी चन्दले जानकारी दिए ।

    जिल्ला प्रहरि कार्यालय दाङका डिएसपि तथा प्रवक्ता सुमित खड्काले अभियानको दोस्रो चरणमा सवारी चालक अनुमति नलिइ चलाउने बिद्यार्थीहरुको सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारबाही गरी अभिभावक जिम्मा लगाईने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार