न्युयोर्क – फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटबार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन ।
सो भेट पछि उनीहरू बिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ । राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाइ प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।
ऐतिहासिक रूपमा ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।
यद्यपि, हालसालै ती तनावपूर्ण सम्बन्धहरू सुधार भइरहेको प्रमाणहरू छन्, जसको परिणत जुकरबर्गले आफ्नो फ्लोरिडा हवेलीमा राष्ट्रपति निर्वाचित राष्ट्रपतिसँग खाना खाएका छन् ।
मेटाका प्रवक्ताले बीबीसीलाई भने, ‘राष्ट्रपति ट्रम्पसँगको रात्रिभोजमा सामेल हुने दिइएको निमन्त्रणा र आगामी प्रशासनको बारेमा उनको टोलीका सदस्यसँग भेट्ने अवसरको लागि मार्क कृतज्ञ छन ।’ ‘यो अमेरिकीकन भविष्यको लागि महत्त्वपूर्ण समय हो,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend