Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ७७ पुग्याे


    शनिबार, पुष ४ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १६ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ७ सय १० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार