Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • विदेशी रेडियो सुन्दा उत्तरकोरियाका माझीलाई गोली हानी मारियो


    शनिबार, पुष ४ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । उत्तर कोरियाली नागरिक विदेशी संचारको पहुँचबाट टाढा छन् । उत्तर कोरियामा विदेशी रेडियो सुनेको भन्दै एक माझीलाई मृत्युदण्ड दिइएको छ । अमेरिकी लगानीको रेडियो फ्री एसियाका अनुसार आफ्नो रेडियो सुनेकै कारण उत्तर कोरियाका एक गत अक्टोबरमा माझीलाई सार्वजनिकस्थलमै गोली हानी मारिएको हो ।

    चोइ नाम गरेका माझीको डुंगाको क्याप्टेनलाई अन्य १०० माझीहरुको अगाडि गोली हानिएको थियो । ४० वर्षका ती माझीका क्याप्टेनले आफूले रेडियो फ्रि एसिया १५ वर्षयता सुनिरहेको स्वीकार गरेका थि ए। समुद्रमा रेडियो फ्रि एसिया राम्रोसँग सुनिने र त्यहाँ कोरियाली भाषामा समाचारहरु आउने गरेका कारण उनले उक्त रेडियो सुन्थे ।

    उत्तर कोरियामा विदेशी रेडियो सुन्न तथा टेलिभिजन हेर्न प्रतिबन्ध छ । रिपोर्टस विथआउट बोर्डरका अनुसार उत्तर कोरियामा प्रेस स्वतन्त्रता छैन । यसबीचमा सार्वजनिकस्थलमा चोइको हत्या गरेर त्यहाँको अधिकारीहरुले विदेशी च्यानल नसुन्न चेतावनी दिएको बताइएको छ ।

    ५० वटा माछा मार्ने जहाजका मालिक रहेका चोइले विदेशी रेडियो सुन्ने विषय उनकै चालकदलका सदस्यले सरकारी अधिकारीहरुलाई खबर गरेका थिए । चोइ सेनाको रेडियो ओपरेटर हुँदैदेखि विदेशी रेडियो सुन्थे । तर सैन्य जीवन त्यागेपछि पनि उनले विदेशी रेडियो सुन्ने बानी छाड्न सकेनन् । चोइको कार्य वर्कर्स पार्टीको सिद्धान्त विपरीत भएको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार