Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जागृत गरी सहिष्णुतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास


    शनिबार, पुष ४ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वा्स व्यक्त गर्नुभएको छ ।

    पर्वका समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उहाँले सबैमा आह्वान गर्नुभएको छ । मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ ।

    प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रहिआएको छ । यसैगरी विवाहोत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा छ । -रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार