वासिङटन – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ । धेरै मिडिया रिपोर्टहरूमा अब उनले सबै ट्रान्सजेन्डर सदस्यहरूलाई अमेरिकी सेनाबाट हटाइने दाबी गरिएको छ।
यस विषयमा ट्रम्पका प्रवक्ता क्यारोलिन लेभिटले त्यस्तो कुनै योजना नभएको बताएकी छन् । प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने, ‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र त्यस्तो कुनै निर्णय भएमा औपचारिक रुपमा घोषणा गरिने छ ।’ तर, उनको यो प्रस्टोक्तोसँग धेरै सहमत हुन सकिरहेका छैनन् ।
किनभने ७८ वर्षीय ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तो आदेश लागू गरेका थिए । उनीहरूले ट्रान्सजेन्डरहरूलाई सशस्त्र बलमा भर्ती हुनबाट रोकेका थिए तर पहिले नै सेवा गरिरहेकाहरूलाई हटाउने कुनै निर्णय भने लिएका थिएनन् ।
अब भने पहिले नै कार्यरत रहेकाहरुलाई जागिरबाट हटाइने दाबी अमेरिकन मिडियामा गरिदैँ आएको छ । अमेरिकी सेनामा करिब १५ हजार ट्रान्सजेन्डरहरू सेवा गरिरहेका छन्।
ट्रम्पले कम्युनिष्ट सोच बाहेक अन्य निर्णय लिन चाहेको कारण यस्तो निर्णय गर्न सक्ने मानिन्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै पनि विद्यालयमा बच्चाहरूलाई ट्रान्सजेन्डर र अन्य यौन सम्बन्धी विषयहरू जस्ता पागलपनलाई बढावा दिने विरुद्ध नीति बनाउने बताएका थिए।
उनले ट्रान्सजेन्डर खेलाडीहरूलाई केटीहरूको खेलकुदबाट बाहिर राख्न पनि वकालत गरेका थिए। यस्तो अवस्थामा यस विषयमा दाबी भइरहेको हो ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend