वासिङटन – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको शानदार जितपछि उनले आगामी दिनमा के–कस्ता निर्णय लिने भन्नेमा अड्कलबाजी भइरहेको छ । धेरै मिडिया रिपोर्टहरूमा अब उनले सबै ट्रान्सजेन्डर सदस्यहरूलाई अमेरिकी सेनाबाट हटाइने दाबी गरिएको छ।
यस विषयमा ट्रम्पका प्रवक्ता क्यारोलिन लेभिटले त्यस्तो कुनै योजना नभएको बताएकी छन् । प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भने, ‘अहिलेसम्म कुनै निर्णय भइसकेको छैन र त्यस्तो कुनै निर्णय भएमा औपचारिक रुपमा घोषणा गरिने छ ।’ तर, उनको यो प्रस्टोक्तोसँग धेरै सहमत हुन सकिरहेका छैनन् ।
किनभने ७८ वर्षीय ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा यस्तो आदेश लागू गरेका थिए । उनीहरूले ट्रान्सजेन्डरहरूलाई सशस्त्र बलमा भर्ती हुनबाट रोकेका थिए तर पहिले नै सेवा गरिरहेकाहरूलाई हटाउने कुनै निर्णय भने लिएका थिएनन् ।
अब भने पहिले नै कार्यरत रहेकाहरुलाई जागिरबाट हटाइने दाबी अमेरिकन मिडियामा गरिदैँ आएको छ । अमेरिकी सेनामा करिब १५ हजार ट्रान्सजेन्डरहरू सेवा गरिरहेका छन्।
ट्रम्पले कम्युनिष्ट सोच बाहेक अन्य निर्णय लिन चाहेको कारण यस्तो निर्णय गर्न सक्ने मानिन्छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै पनि विद्यालयमा बच्चाहरूलाई ट्रान्सजेन्डर र अन्य यौन सम्बन्धी विषयहरू जस्ता पागलपनलाई बढावा दिने विरुद्ध नीति बनाउने बताएका थिए।
उनले ट्रान्सजेन्डर खेलाडीहरूलाई केटीहरूको खेलकुदबाट बाहिर राख्न पनि वकालत गरेका थिए। यस्तो अवस्थामा यस विषयमा दाबी भइरहेको हो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend