Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआइएमबी बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


    बुधबार, मंसिर १२ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री गर्दैछ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९मंसिर १२ गते० बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार