Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाग्मती प्रदेश सरकारद्धारा नर्सरी स्थापना


    शनिबार, पुष ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • फाइल फोटो 

    वाग्मती। वाग्मती प्रदेश सरकारले पहिलोपटक रोग प्रतिरोधात्मक प्रजातिको जडीबुटी उत्पादन गर्ने उद्देश्यले नर्सरी स्थापनाको काम शुरु गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय परिसर हेटौँडामा रु सात लाखको लगानीमा प्रविधियुक्त नर्सरी स्थापानको काम शुरु भएको निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्यालले जानकारी दिनुभयो ।

    कोभिड–१९ सङ्क्रमणपश्चात् रोग प्रतिरोधात्मक क्षमता बढाउन सेवन गर्न आवश्यक प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले विशुद्ध नयाँ प्रविधिबाट विविध प्रजातिका बिरुवा उत्पादन हुनेछन् । गुर्जो, असोगन्धा, तुलसी र सर्पगन्धा प्रजातिका गरी कूल ३० हजार वटा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वन निर्देशनालयले जनाएको छ । उत्पादित बिरुवा मागअनुसार प्रदेशभरिका १३ वटै जिल्लासहित अन्य जिल्लाको मागका आधारमा सर्वसाधारणलाई निःशुल्करुपमा वितरण गर्ने योजना रहेको सहायक वन अधिकृत अर्यालले जानकारी दिनुभयो ।

    आगामी विसं २०७८ को असार मसान्तसम्म बिरुवा तयार गरिने छ । गुर्जो, सर्पगन्धा र असोगन्धा रोपेको एक वर्षमा र तुलसी पाँच÷छ महिनामा तयार भई सेवनका लागि उपयुक्त हुने निर्देशनालयले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार