ढाका – बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको शीघ्र रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए । समाचार अनुसार चिन्मय दास प्रभु विरुद्ध देशद्रोह र साम्प्रदायिक सद्भाव भंग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
ढाकाको शाहबागमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि केही व्यक्तिले लाठी प्रहार गरेका छन् । यस हमलामा २० जनाभन्दा बढी घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । हिन्दूमाथि आक्रमण भएको ठाउँ शाहबाग प्रहरी चौकीबाट मात्र ३० मिटर टाढा छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि कट्टरपन्थीले आक्रमण गर्दा प्रशासन र प्रहरीले रोक्न कुनै पहल नगरेको बताइएको छ । बंगलादेश प्रहरीले चिन्मय कृष्णदास ब्रह्मचारीलाई सोमबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरु चटगाउँ जाँदै थिए । घटनास्थलमा उपस्थित इस्कोन सदस्यका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी देखाएको छैन। उनीहरुले बोल्न चाहेको मात्रै बताए । त्यसपछि उनीहरुले उनलाई माइक्रोबसमा लगेका थिए ।
प्रहरीको आग्रहमा चिन्मय कृष्ण दासलाई पक्राउ गरिएको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखा (डिबी) का अतिरिक्त प्रहरी आयुक्त रेजउल करीम मल्लिकले जानकारी दिए । चिन्मय दासलाई कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी चौकीमा बुझाइनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend