ढाका – बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको शीघ्र रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए । समाचार अनुसार चिन्मय दास प्रभु विरुद्ध देशद्रोह र साम्प्रदायिक सद्भाव भंग गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
ढाकाको शाहबागमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि केही व्यक्तिले लाठी प्रहार गरेका छन् । यस हमलामा २० जनाभन्दा बढी घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । हिन्दूमाथि आक्रमण भएको ठाउँ शाहबाग प्रहरी चौकीबाट मात्र ३० मिटर टाढा छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि कट्टरपन्थीले आक्रमण गर्दा प्रशासन र प्रहरीले रोक्न कुनै पहल नगरेको बताइएको छ । बंगलादेश प्रहरीले चिन्मय कृष्णदास ब्रह्मचारीलाई सोमबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरु चटगाउँ जाँदै थिए । घटनास्थलमा उपस्थित इस्कोन सदस्यका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी देखाएको छैन। उनीहरुले बोल्न चाहेको मात्रै बताए । त्यसपछि उनीहरुले उनलाई माइक्रोबसमा लगेका थिए ।
प्रहरीको आग्रहमा चिन्मय कृष्ण दासलाई पक्राउ गरिएको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखा (डिबी) का अतिरिक्त प्रहरी आयुक्त रेजउल करीम मल्लिकले जानकारी दिए । चिन्मय दासलाई कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी चौकीमा बुझाइनेछ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend